आज १३२ औँ अन्तराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

आज १३२ औँ अन्तराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

  • सोमवार, बैशाख १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई नेपालमा पनि सोमबार विविध कार्यक्रम गरेर मनाइँदैछ ।

हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यसपटक १३२ औं श्रमिक दिवसका अवसरमा सोमबार विभिन्न मजदुर संगठनले श्रमिक अधिकार र सामाजिक सुरक्षाको लागि विविध कार्यक्रम गर्दैछन् ।

सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरन्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिएको हो । नेपालमा २००७ सालमा विराटनगरको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

२०४६ सालको राजनीतिक परिवर्तनसँगै सरकारले यो दिवसका दिन सार्वजनिक बिदा दिन थालेको छ । नेपालमा यो दिवस मनाउन थालेको लामो समय भइसक्दा पनि अनौपचारिक क्षेत्रका श्रमिकहरु भने सामाजिक सुरक्षामा समेटिन भने अझै सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ