कपनमा निराको हत्यामा संलग्न रहेको अभियोगमा झापाबाट एक जना पक्राउ

कपनमा निराको हत्यामा संलग्न रहेको अभियोगमा झापाबाट एक जना पक्राउ

  • आइतवार, बैशाख १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाडौं । यही बैशाख ७ गते काठमाडौंको कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई झापाबाट पक्राउ गरेको छ ।

प्रहरीले झापाको धुलाबारीबाट हत्यामा संलग्न रहेको आशंकामा विनोद विकलाई पक्राउ गरेको हो । सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी आचार्यको दिउँसै उनको पसलमै छुरा हानी हत्या गरिएको थियो ।

सो घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोका अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ । सोही टोलीले विकलाई झापाबाट पक्राउ गरेको बुझिएको छ ।

घटनामा संलग्न पक्राउ हुन नसकेपछि संसदमा समेत सरकारको आलोचना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ