सर्लाहीमा शहीद परिवारका लागि बनाईदियो घर , नारायणकाजी श्रेष्ठले हस्तान्तरण गरे साँचो

सर्लाहीमा शहीद परिवारका लागि बनाईदियो घर , नारायणकाजी श्रेष्ठले हस्तान्तरण गरे साँचो

  • आइतवार, बैशाख १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

बैशाख १७ सर्लाही । नेकपा माओवादी केन्द्र सर्लाहीले जिल्लाका एकजना जनयुद्धकालीन सहिदको परिवारका लागि घर बनाइदिएको छ।

जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद इन्द्र कोइरालाको परिवारका निम्ति माओवादी केन्द्र जिल्ला कमिटीले घर बनाइदिएको हो । बागमती नगरपालिका-१२ नयाँ बस्ती बथनियामा निर्मित घर शनिबार साँझ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहिद कोइरालाको परिवारलाई हस्तान्तरण गरेका छन्।

एक समारोहबीच गृहमन्त्री श्रेष्ठले सहिद इन्द्र कोइरालाकी पत्नी लक्ष्मी कोइरालालाई घरको साँचो हस्तान्तरण गरेका हुन्।

सहिद इन्द्र कोइरालाकी पत्नी लक्ष्मी कोइरालालाई घरको साँचो हस्तान्तरण गर्दै गृहमन्त्री श्रेष्ठ।

चारकोठे पक्की घर बनाउन झण्डै २१ लाख रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजकसमेत रहेका माओवादी केन्द्रका नेता सन्देश श्रेष्ठले जानकारी दिए।

जनयुद्धका क्रममा १० कात्तिक २०५५ मा सर्लाहीमा भएको आन्तरिक दुर्घटनामा कोइरालाको मृत्यु भएको थियो। उनी जनयुद्धका क्रममा सर्लाहीमा ज्यान गुमाउने पहिलो सहिद हुन्।

दुई वर्षअघि माओवादी केन्द्र सर्लाहीले तत्कालीन जिल्ला अध्यक्ष कमल बुढाथोकीको अगुवाइमा सहिद कोइरालाको परिवारका लागि घर निर्माणको पहल अघि बढाएको थियो।

हाल सर्लाहीको हरिवन नगरपालिकाका मेयरसमेत रहेका बुढाथोकी, बागमती नगरपालिकाका मेयर भरत थापा लगायतको पहलमा सहिद कोइरालाको परिवारका निम्ति घर निर्माण सम्पन्न भएको हो।

पतिको निधनपछि लक्ष्मी कोइरालाले माइतीमा शरण लिएर आफ्ना दुई छोरा र दुई छोरी हुर्काएकी थिइन्।

अत्यन्त विपन्न कोइराला परिवार आफ्नो घरसमेत नहुँदा आफन्तकोमा शरण लिन बाध्य भएको थियो। बागमती नगरपालिकाले निःशुल्क उपलब्ध गराएको जग्गामा सहिदको परिवारका लागि घर निर्माण गरिएको हो।

पार्टीले निर्माण गरिदिएको घरको साँचो माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री श्रेष्ठबाट बुझ्दै सहिद कोइरालाकी पत्नी लक्ष्मीले खुसी व्यक्त गरिन्।

कार्यक्रममा मधेश प्रदेशका सांसद जबाहरलाल कुशवाहा, बागमती नगरपालिकाका मेयर भरत थापा, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख (डीआईजी) जनक भट्टराई, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी नरेशराज सुवेदी, सशस्त्र प्रहरीका डीआइजी लगायतका सुरक्षा अधिकारीहरुको सहभागिता थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी