बैशाख १६ काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जनाईएको छ ।
उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले उनको स्वास्थ्य परीक्षणको रिपोर्ट सबै राम्रो आएको समेत बताएको छ । दूतावासले राष्ट्रपति पौडेल आइतबार डिस्चार्ज हुनसक्ने सम्भावना रहेको जानकारी दिएको छ ।
राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको छ । उनलाई काठमाण्डौँ शिक्षण अस्पतालमा उपचार गर्ने क्रममा भारत लैजान रिफर गरिएपछि एयर एम्वुलेन्स मार्फत लगिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline