नेपाल एसिसी क्रिकेट कपको फाईनलमा , उपाधीका लागि युएईसँग खेल्ने

नेपाल एसिसी क्रिकेट कपको फाईनलमा , उपाधीका लागि युएईसँग खेल्ने

  • शनिबार, बैशाख १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ बैशाख १६ । नेपाल एसिसी प्रिमियर क्रिकेटको फाईनलमा पुगेको छ । आज वर्षाले पटक पटक अवरुद्ध गरेको खेलमा नेपालले कुवेतलाई हराँउदै उपाधी यात्रा तय गरेको हो । वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो ।

तर डकवर्थ लुइस प्रणालीमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको थियो । जवाफमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेको थियो । थप खेल नभएपछि रद्द हुन पुग्यो र नेपाल समूह विजेताको आधारमा फाइलनमा पुगेको छ । समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अंक बटुलेको थियो । कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अंक बटुली उपविजेता बनेको थियो ।

नतिजा आउन कुवेतले कम्तीमा २० ओभर ब्याटिङ गर्न पर्थ्यो । ६ विकेट गुमाई सकेको अवस्थामा कुवेतलाई १ सय ९४ रन चाहिन्थ्यो । करण केसीले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ५ विकेट लिए । अर्को एक विकेट सोमपाल कामीले लिएका थिए ।

रोहित पौडेलले ९५ बलमा ९४ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । रोहित र कुशल मल्लले चौथो विकेटमा १ सय ९ रनको साझेदारी गरे । वर्षाले प्रभावित खेल पुनः सुरु भएपछि यी दुईले खुलेर खेल्न सुरु गरे । कुशलले ४४ बलमा समान ४ चौका र छक्का प्रहार गरी ५७ रन बनाए ।

यसअघि कुशल भुर्तेल र आसिफ शेखले १० ओभरमा ७६ रन जोडि नेपाललाई सानदार सुरुआत दिलाएका थिए । कुशल र आसिफले छैटौं ओभरमा नेपालको ५० रन पुर्‍याएका थिए । कुशल ११ औं ओभरमा ३९ बलमा ४३ रन बनाई आउट भए । उनले ७ चौका र १ छक्का प्रहार गरे ।

उनको स्थानमा आएका भीम सार्की ४ बलमात्र टिकी १ रनमा आउट भए । आसिफ शेख २८ बलमा ३१ रन बनाई आउट भए । उनले ३ छक्का र १ चौका प्रहार गरे । उनका भाइ आरिफले पनि रोहितलाई राम्रो साथ दिनेक्रममा १९ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाए ।

दीपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट भए । सन्दीप लामिछाने ५ र करण केसी ६ रनमा आउट भए । सोमपाल कामी १३ र ललित राजवंशी २ रनमा अविजित रहे । कुवेतका एडनान इद्रिस र मोहम्मद अस्लामले ३–३ विकेट लिए ।

अब नेपालले उपाधीका लागि सोमबार युएईसँग खेल्नेछ । युएई ओमनलाई हराउदै फाईनल पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ