बैशाख १६ काठमाण्डौँ । काठमाण्डौँमा जारी एसिसी क्रिकेट प्रतियोगीताको सेमिफाईनल खेलमा नेपालले कुवेतलाई २८२ रनको चूनौती दिएको छ । टर हारेर ब्याटिङको निम्तो पाएको नेपालले उ्रत्कृष्ट शुरुवात गर्दै निर्धारित ४२ ओभरमा ९ विकेट गुमाएर २८१ जोड्यो ।
वर्षाले पटक पटक अवरुद्ध खेल ४२ ओभरमा झारेर खेलाईएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेल शतक बनाउनबाट थोरैले चुकेका छन् । ३ छक्का र ७ चौका प्रहार गरेका पौडेलले क्याच आउट हुनु अघि ९५ बलमा ९४ रन जोडेका थिए ।
ओपनर कुसल भूर्तेल ४३ र आशिफ शेखले ३१ रन जोड्दै नेपाललाई उत्कृष्ट शुरुवात दिलाएका थिए । त्यसपछि कुसल मल्लले अर्धसतक पूरा गर्दै ५७ रन जोडेपछि नेपालले उच्च योगफल बनायो ।
नेपालका लागि आरिफ शेखले १९ र सोमपाल कामीले अविजीत १३ रन जोड्दा दिपेन्द्र सिंह ऐरी शुन्य रनमा आउट भएका थिए ।
करण केसीले सात रन जोड्दा सन्दीप लामिछानेले ५ रन बटुले । भीम सार्की भने एक रनमै आउट भएका थिए ।
कुवेतका मोहम्मद आदम र अडनान ईद्रेसले तीन तीन विकेट लिएका थिए ।
अब कुवेतले केही बेरमा जवाफी व्याटीङ गर्नेछ । आजको खेल जितेमा नेपालले फाईनलमा ओमन र युएई मध्य एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । फाईनल जितेमा एशिया कपका लागि छनौट हुनेछ ।