वर्षा रोकिएपछि नेपाल र कुवेतको खेल पुनः सुचारु , ४२ ओभरमा घटाईयो

वर्षा रोकिएपछि नेपाल र कुवेतको खेल पुनः सुचारु , ४२ ओभरमा घटाईयो

  • शनिबार, बैशाख १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

बैशाख १६ काठमाण्डौँ । एसिसी प्रिमियर क्रिकेटको सेमिफाईनलमा नेपाल र कुवेतबीचको खेल फेरी शुरु भएको छ । कीर्तिपुर मैदानमा पानी परेपछि खेल रोकिएको थियो । अहिले बर्षा रोकिएपछि पुनः खेल सुचारु भएको हो ।

खेल अवरुद्ध भएपछि अहिले ४२ ओभरमा घटाईएको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन जोडेको छ ।

नेपालका लागि ओपनर कुसल भुर्तेल ४३ रनमा आउट भए भने आशिफ शेख ३१ रन जोडेर पेभिलियन फर्किए । उनले २८ बलमा ३ छ्रक्का र १ चौका प्रहार गर्दै उक्त रन बटुले ।

त्यसपछि भीम सार्की भने १ रन जोडेर आउट भए । अहिले रोहित पौडेल र कुसल मल्ल क्रिजमा टिकेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ