बैशाख १६ काठमाण्डौँ । एसिसी प्रिमियर क्रिकेटको सेमिफाईनलमा नेपाल र कुवेतबीचको खेल बर्षाले अवरुद्ध बनेको छ । कीर्तिपुर मैदानमा पानी परेपछि खेल रोकिएको हो ।
खेल अवरुद्ध भएपछि अहिले ४५ ओभरमा घटाईएको छ ।
टस हारेर ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन जोडेको छ ।
नेपालका लागि ओपनर कुसल भुर्तेल ४३ रनमा आउट भए भने आशिफ शेख ३१ रन जोडेर पेभिलियन फर्किए । उनले २८ बलमा ३ छ्रक्का र १ चौका प्रहार गर्दै उक्त रन बटुले ।
त्यसपछि भीम सार्की भने १ रन जोडेर आउट भए । अहिले रोहित पौडेल र कुसल मल्ल क्रिजमा टिकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline