एसिसी प्रिमियर क्रिकेटको सेमिफाईनलमा टस हारेर व्याटिङ गर्दै नेपाल

एसिसी प्रिमियर क्रिकेटको सेमिफाईनलमा टस हारेर व्याटिङ गर्दै नेपाल

  • शनिबार, बैशाख १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

बैशाख १६ काठमाण्डौँ । काठमाण्डौँमा जारी एसिसी प्रिमियर क्रिकेटको सेमिफाईनलमा आज कुवेत विरुद्ध टस हारेर ब्याटिङ थाल्दैछ ।

कुवेतसँग नेपालको ११ वर्षपछि भेट हुन लागेको हो । आजको खेल जित्दै नेपाल फाईनलमा प्रवेश गर्ने रणनीतिमा छ । पछिल्लो एक दर्जन बढी खेलमा नेपाल कीर्तिपुर मैदानमा अपराजित रहेको छ । नेपाली नवनियुक्त प्रशिक्षक मोन्टी देशाईले टिम सम्हाले यता नेपाली टिमको ब्याटिङ स्तर सुधारिएकाले पनि नेपाली टोलीको आत्मविस्वास बढी छ ।

एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा कुवेतले हङकङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो।

अन्तिम चारमा पुग्न जित हात पार्नु पर्ने खेलमा कुवेतले मुलपानी मैदानमा २७२ रन जोड्यो। जवाफी ब्याटिङ गरेको हङकङ अन्तिम बलमा २४२ रनमा समेटिएपछि सेमिफाइनल पुग्नबाट बञ्चित भयो। यसअघि युएईमाथि जित निकालेको हङकङलाई सेमिफाइनल पुग्ने दाबेदार टिम मानिएको थियो। तर कुवेतसँग स्तब्ध भएपछि हङकङ समूह चरणबाटै घर फर्कियो।

पछिल्ला नौ खेलमा नेपाल अपराजित छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ का अन्तिम ६ खेल जितेको नेपालले एसिसी प्रिमियर कपमा मलेसिया, ओमान र कतारलाई पराजित गरेको थियो। साउदी अरेबियाविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो।

नेपाली सिनियर टिमले एकदिवसीय फर्म्याटको खेलमा कुवेतसँग ११ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो । पछिल्लो पटक नेपाल र कुवेतबीच सन् २०१२ को अक्टोबरमा एसिसी ट्रफीको खेलमा प्रतिस्पर्धा भएको थियो।

युएईमा भएको समूह चरणको उक्त खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २८० रन जोडेको थियो। नेपालका लागि तत्कालिन कप्तान पारस खड्काले शतक प्रहार गर्ने क्रममा १०६ रन जोडेका थिए।

पारसको त्यो पहिलो अन्तर्राष्ट्रिय शतक ७७ बलमा पूरा भएको थियो। खेलमा ज्ञानेन्द्र मल्लले ५३ रन जोडेका थिए।

नेपालले दिएको २८१ रनको लक्ष्य कुवेतले ६ विकेटको क्षतिमा पार गरेको थियो । आजको खेल जितेमा नेपालले फाईनलमा ओमन र युएई मध्य एकसँग खेल्नेछ । फाईनल जिते नेपाल एशिया कपका लागि छनौट हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ