बैशाख १४ काठमाण्डौँ । एसीसी प्रिमियर क्रिकेट अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले कतारको शुरुवाती चार विकेट झारेको छ ।
१५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले रनरेट राम्रो बनाए पनि विकेट जोगाउन सकेको छैन । कतारले १० ओभर भित्र ३२ रन बनाउदा ४ विकेट गुमाएको छ ।
नेपालका लागि सोमपाल कामीले २, सन्दीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिएका छन् ।
यस अघि नेपाल पनि ४१ औँ ओभरमा १५७ रनमा अलआउट भएको थियो । नेपालका लागि सन्दीप लामिछानेले अविजित ४२ रनको योगदान दिएपछि मात्रै नेपालले उक्त स्कोर खडा गर्न सफल भएको हो ।
यसै गरी रोहित पौडेलले २७, आशिफ शेखले १९, दिपेन्द्र सिंह ऐरी १२ , आरिफ शेख ११, सोमपाल कामीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा अमिर फारुकले सर्वाधिक चार विकेट लिएका थिए ।