कतार बिरुद्ध नेपालको खराब ब्याटिङ

कतार बिरुद्ध नेपालको खराब ब्याटिङ

  • बिहिबार, बैशाख १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

बैशाख १४ काठमाण्डौँ । बैशाख १४ काठमाण्डौँ । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा घरेलु टोली नेपाल आज कतारसँग खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । पहिले व्याटिङ गरेको नेपालले ३१ ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको छ ।

रोहित पौडेलले २७ रन बनाउनु बाहेक आज कुनै पनि खेलाडीले उल्लेख्य रन बटुल्न सकेका छैनन् । अहिले सन्दीप लामिछाने र ललित राजवंशी क्रिजमा रहेका छन् ।

यसअघि नै सेमिफाइनल पुगिसकेको नेपालले आज कतारलाई हराए ७ अंकमा समूह विजेता बन्नेछ। खेलमा अंक बाँड्नुपर्ने अवस्थामा पनि नेपाल समूह विजेताको हैसियतमा फाइनल प्रवेशका लागि खेल्नेछ। तर हारेको अवस्थामा भने नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल खेल्नेछ।

समूह ए बाट ओमानले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ।

आजै मूलपानी मैदानमा हुने हङकङ र कुवेतबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। यो खेलसँगै नेपालले सेमिफाइनलमा खेल्ने टोलीको टुंगो लाग्नेछ। समूह बी बाट यूएईले सेमिफाइनलमा स्थान बनाइसकेको छ।

प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछन् । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ। प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ