काठमाण्डौँमा हार खाएर बारामा घण्टी बजाएका रमेश खरेलको जमानतै जफत

काठमाण्डौँमा हार खाएर बारामा घण्टी बजाएका रमेश खरेलको जमानतै जफत

  • बुधबार, बैशाख १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

बैशाख १३ काठमाण्डौँ । प्रहरी सेवामा चर्चा कमाएका रमेश खरेललाई चुनाव भने अफाव सावित भएको छ ।

गत मंसीरमा काठमाण्डौँमा आमा चुनाव चिन्ह लिएर लडेका उनी पराजित भएका थिए । त्यसपछि घण्टी चुनाव चिन्ह लिएर फेरी बारा पुगे उपनिर्वाचनमा ।

त्याहाँका जनताले एसपी रमेश खरेलकै नामले चिन्ने गरेको भन्दै उनी उत्साहित पनि भएका थिए । तर परिणाम त्यस्तो भएन ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खरेलको जमानत जफत भएको छ। बुधबार बिहान आएको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेलवार खरेलले २ हजार ८ सय २९ मत मात्र पाए ।

बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो।

तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले र चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी हुँदा बारा २ मा खरेलको जमानत समेत जोगिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी