बैशाख १२ काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।
फ्लाइट राडारका अनुसार फ्लाई दुबईको एफजेड ५७६ जहाज स्थानीय समय १२ः१० मा अवतरण भएको हो। उक्त जहाजमा काठमाडौंबाट उड्नेबित्तिकै समस्या आएको थियो।
राति ९ बजेर २० मिनेटमा उडेको जहाजमा आगोको झिल्का देखिएर पड्केको आवाज आएको थियो।
फ्लाई दुबईले जहाजमा चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताएको दुबई मिडिया अफिसले जनाएको छ।
फ्लाई दुबई बिमानमा चरा ठोक्किएर एउटा इञ्जिनमा आगलागी भएको खुलेको छ । ई दुबईका प्रवक्ताले आधिकारिक ट्वीटरबाट यस्तो जानकारी सार्वजनिक गरेका हुन् ।
ज्ञटडण्द्दडघण्द्दद्धद्दज्ञ(थभबचक(mलभगmयलष्अ(ाष्लबद्दिछण्हद्दछण्उह।नष
काठमाण्डौबाट टेकअफको क्रममा चरा ठोक्किएर एफजेड ५७६ कलसाइन भएको फ्लाई दुबईको बिमानमा आगलागी भएको बताइएको छ ।
स्ट्याण्डर्ड प्रोसीड्यूर पछि सो उडान दुवईका लागि निरन्तर गरिएको र स्थानीय समयअनुसार दुबईमा ०ः१४ बजे अवतरण गर्ने पनि सोही ट्वीटरमार्फत फ्लाई दुबईले जानकारी दिएको थियो ।
सो बिमानमा ४९ जना नेपालीसहित १६९ यात्रु रहेका थिए ।
चालक दलले आकाशमै जहाज होल्ड गरेर ईन्जिन परीक्षण गरेपछि गन्तव्य तर्फ उडाएका थिए । धादिङको आकाशमा जहाज करीब ११ मिनेट होल्ड भएको थियो । जहाजलाई आकस्मिक अवतरण गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पनि तयार पारिएको थियो ।