महोत्तरीमा आगलागी हुँदा ८ घर जलेर नष्ट

महोत्तरीमा आगलागी हुँदा ८ घर जलेर नष्ट

  • सोमवार, बैशाख ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

बैशाख ११ काठमाण्डौँ । महोत्तरीको मटिहानीमा आगलागी हुँदा ८ वटा घर जलेर नष्ट भएका छन् । मटिहानी नगरपालिका ६ मा आइतबार साँझ आगलागी हुँदा स्थानीय गफार शेष, सतार शेष, सदरे शेष, अन्सारुल मोमिन, इलझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ९महोत्तरी० ले जनाएको छ।

आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। समयमै वारुण यन्त्र नजाँदा आगलागी नियन्त्रणमा लिन नसकिएको पीडितहरूले गुनासो गरेका छन्।

पछि जलेश्वर नगरपालिकाको वारुण यन्त्र पुगेर आगो निभाएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ