रास्वपाले माफी मागेपछि चितवनमा रोकिएको मतदान फेरी शुरु

रास्वपाले माफी मागेपछि चितवनमा रोकिएको मतदान फेरी शुरु

  • आइतवार, बैशाख १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

बैशाख १० काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उल्लंघन गरेको स्वीकार गर्दै माफी मागेपछि चितवनको नयाँ किरण माविमा मतदान सुचारु भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिपक रेग्मीले अवरुद्ध भएको मतदान प्रक्रिया सुरु भएको जानकारी दिए। ‘रास्वपाले गल्ती स्वीकार्यो। त्यसपछि अरु दल पनि समझदारी भए,’ उनले भने । भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण माविमा बिहान साढे ११ बजेदेखि यो मतदान केन्द्रमा मतदान रोकिएको थियो।

रास्वपा कार्यकर्ता नाराबाजी गर्दै मतदानस्थलमा पस्न खोजेपछि नेकपा एमालेका कार्यकर्ताले विरोध गरेका थिए । त्यसक्रममा दुई पक्षबीच झडपको अवस्था भएको थियो। झडपको अवस्था आएपछि नाराबाजीमा संलग्न रास्वपाका समर्थकलाई प्रहरीले लाठीचार्ज गर्दै लखेटेको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ