शहीद पदम लिम्वुको शवयात्राका क्रममा फेरी झडप

शहीद पदम लिम्वुको शवयात्राका क्रममा फेरी झडप

  • शनिबार, बैशाख ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

विराटनगर । पहिचान पक्षधर र सुरक्षाकर्मीबीच विराटनगरमा शनिबार दिउँसो झडप हुँदा १० जना घाइते भएका छन्।

प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुको शवयात्राका क्रममा शनिबार विराटनगरमा झडप भएको हो ।

झडपमा नेपाल प्रहरीका तीन जना, सशस्त्र प्रहरी बलका तीन जना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङ प्रहरीले जनाएको छ । त्यस क्रममा प्रहरीले ८२ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।

झडपका क्रममा आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर बाँस, भाटा, लाट्ठी, फलामका रड र बियरको बोतल प्रहार गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ