चोरी तथा डाँका सम्बन्धि कसुरमा संलग्न ४ जना पक्राउ

चोरी तथा डाँका सम्बन्धि कसुरमा संलग्न ४ जना पक्राउ

  • शुक्रबार, बैशाख ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

मोरङ, बैशाख ८ गते । मोरङको ग्रामथान गाँउपालिका-२ झोराहाट स्थितमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेफ फोडी नगद चोरी तथा डाका गर्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  ग्रामथान गाँउपालिका-५ मोरङका ४० बर्षीय दिलिप कुमार चौधरी, २८  बर्षीय ईरज धामी, सर्लाही लालबन्दी-२ का ३५ बर्षीय मिथुन पासवान र सर्लाही ईश्वरपुर-५ का २६ बर्षीय मिथिलेश महत्तो रहेका छन  । उनिहरुले गत चैत्र २ गते राती बैङ्कको ढोका फोडी फलामको सेफ बाकसमा राखेको नगद ७ लाख ७७ हजार १८ रुपैया चोरी गरेका थिए ।

बैङ्कबाट रकम चोरी भएको जानकारी प्राप्त भए संगै इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले उनिहरुलाई सर्लाहीको बिभिन्न स्थानमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका उनिहरुलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतको आदेशले तीन जनालाई पुर्पक्षको लागि कारागार पठाईएको र मिथिलेस महतो २ लाख रुपैया धरौटीमा छुटेको साथै घटना सम्बन्धमा अन्य अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ