सन्दीप लामिछानेले बनाए विश्व कीर्तिमान रेकर्ड, ४२ खेलमा एक सय विकेट लिने पहिलो खेलाडी

सन्दीप लामिछानेले बनाए विश्व कीर्तिमान रेकर्ड, ४२ खेलमा एक सय विकेट लिने पहिलो खेलाडी

  • शुक्रबार, बैशाख ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

बैशाख ८ काठमाण्डौँ । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएर विश्वमै दुर्लभ कीर्तिमान बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन्दीपले ओमानका आदिल साफिकको विकेट लिएसँगै विश्व कीर्तिमान आफ्नो नाममा दर्ता गराएका हुन्।

सन्दीपले १२ ओभरको तेस्रो बलमा साफिकलाई पेवेलियनको बाटो देखाएका थिए। साफिक ३३ बलमा १३ रन बनाएको अवस्थामा एलबीडब्लु धरापमा परेका हुन्।

योसँगै सन्दीपले ओडिआइ क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्। सन्दीपले ४२ खेलमा एक सय विकेट लिँदै अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडेका हुन्।

यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए।

सर्वाधिक छिटो सय विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका मिचेल स्टार्कले छन्।

उनले ५२ खेलमा सय विकेट लिएका थिए। त्यस्तै पाकिस्तानका सक्लैन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्ड र बंगलादेशका मुश्ताफिजर रहमानले ५४ खेलमा एक सय विकेट लिएका थिए।

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलमा ओडीआईमा डेब्यु गरेका सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका थिए। ओडीआइमा नेपालबाट एक सय विकेट लिने सन्दीप पहिलो बलर हुन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ