बैशाख ८ काठमाण्डौँ । आज नेपालले एसीसी प्रिमियर क्रिकेटमा ओमन बिरुद्ध खराब शुरुवात गरेर उत्कृष्ट अन्त्य गरेको छ ब्याटिङमा । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो चौथो ओभरमा २ विकेट गुमाउदा कुनै रन जोड्न सकेको थिएन ।
त्यसपछि क्रिजमा आएका भीम सार्कीले रनको खाता खोल्दै पारी उकास्न थाले । उनले ५६ बलमा एक छक्का र चार चौकाको मद्धतमा ३३ रन जोडेर आउट भए ।
रोहित पौडेल २३ रनमा आउट भएपछि नेपाल दबाबमा थियो । नेपालले ७१ रन बटुल्दा ४ विकेट गुमाईसकेको थियो ।
त्यसपछि मैदानमा आएका आरिश शेख पनि २९ रनमा आउट भएपछि दबाबमा परेको नेपाललाई शाददार पुनरागमन गराए कुसल मल्लले । उनले ६४ बलमा १०८ रनको शतकीय पारी खेले । त्यस क्रममा उनले १० छक्का र ९ चौका प्रहार गरे ।
त्यसपछि आएका दिपेन्द्र सिंह ऐरी ७ रनमा पेभिलियन फर्किदा सन्दीप लामिछाने ८ रनमा आउट भए । यस क्रममा सोमपाल कामीले पुनः विष्फोटक ब्याटिङ गर्दै ४८ बलमा ९ चौकाको मद्धमा ६३ रन जोडे ।
बलर करण केसीले पनि अविजीत २९ रन जोडेपछि नेपालले कुल ५० ओभरमा ८ विकेट गुमाएर ३१० रनको बिशाल योगफल तयार पार्यो ।
अब ओमनले केही बेरमा ३११ रनको चूनौती पछ्याउदै जवाफी व्याटीङ गर्नेछ ।