बैशाख ८ काठमाण्डौँ । आज ओमन बिरुद्ध नेपालको शुरुवात अत्यास लाग्दो थियो । चौथो ओभरसम्म कुनै रन खातामा थिएन भने दुई ओपनर कुसल भूर्तेल र आशिफ खेल आउट भईसकेका थिए ।
पछिल्ला खेलहरुमा लगातार जित्दै आएको देखेका नेपाली दर्शकका लागि यो शुरुवातले निराशा दिलाएको थियो । तर बिस्तारै नेपालको पारी उकासिने क्रम शुरु भयो । त्यसमा भीम सार्की र रोहित पौडेलले योगदान दिए ।
त्यसपछि मैदानमा आएका कुसल मल्लले गर्व गर्न लायक ब्याटिङ गर्दै विष्फोटक प्रहार गरे । उनले ५९ बलमा ९ छक्का र ९ चौकाको मद्धतमा शतक पूरा गरे । यो उनको एक दिवसीयमा पहिलो शतक हो । त्यपछि पनि एक छक्का हानेर १०८ रन पूरा गरेपछि उनी आउट भएका छन् । अबिक लायसले उनलाई आउट गरेका थिए ।
आज ओमनलाई हराउनै पर्ने दबाबमा नेपाल रहेको छ । अहिले सम्म नेपालले ४० ओभरमा ६ विकेट गुमाएर २१८ रन जोडेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline