दाईजोको नाममा अझै अपराध : भनेजति सुन नदिएको भन्दै स्वेता झाको जिउमा आगो लगाईयो

दाईजोको नाममा अझै अपराध : भनेजति सुन नदिएको भन्दै स्वेता झाको जिउमा आगो लगाईयो

  • शुक्रबार, बैशाख ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

जनकपुरधाम बैशाख ७ । दाईजोको नाममा अझै पनि महिलामाथि हुने अपराध अन्त्य हुन सकेको छैन । यसैको पछिल्लो शिकार बनेकि छन् धनुषाकी स्वेता झा । २८ वर्षीया झा प्रादेशिक अस्पताल जनकपुरधामको ‘बर्न वार्ड’ मा आधा जलेको शरीर लिएर पीडादायी अवस्थामा उपचाररत छिन्। पेटदेखि तल्लो भागसम्म ३५ प्रतिशत जलेको चिकित्सकले बताएका छन्।

श्रीमान् राजीव झा, सासू द्रौपदी झा र देवर कमलेश झाले मिलेर यो हालत बनाइदिएको उनी बताउँछिन्। उनका अनुसार घटना वैशाख १ गतेको हो।

‘नयाँ वर्ष थियो। म बिहानैदेखि घरको काममा व्यस्त थिएँ। श्रीमान् बाहिरबाट रक्सी खाएर आउनुभो। मेरो जेठो छोरालाई बिना काम कुट्नुभो। म केही बोलिनँ। फेरि छोरीलाई कुट्न थाल्नुभो अनि मैले प्रतिकार गरेँ’, श्वेताले निकै मधुरो स्वरमा पीडा पोखिन्, ‘नयाँ वर्षको दिन छोराछोरीलाई बिना काम किन कुट्नु भएको हो भनी विरोध गर्दा उल्टै मलाई फोहोर गाली दिन थाल्नुभो। एकै छिन्मा सासू र देवर पनि आए र गाली बेइज्जती गर्न थाले।’

आफूले जवाफ दिँदा मुखमुखै लाग्छेस् भनेर उल्टै कुट्न थालेको उनले सुनाइन्। ‘हुँदाहुँदै सासूले आज यसलाई खत्तम नै गर्नुपर्छ भन्नुभो। त्यत्ति भनेर सासूले हात समात्नुभो देवरले टाउको। अनि श्रीमान्ले मेरो कपडामा सलाई बालिदिनुभो’, उनले भनिन्, ‘म जल्न थालेपछि कोठामै चिच्याएँ। तर, उहाँहरूले मलाई कपालबाट तान्दै आँगनमा ल्याएर फाल्नुभो।
पछि छिमेकीले उनलाई आफ्नो घरमा लगे । आगो लागेको डेढ घण्टा पछि मात्रै श्रीमान् र सासुले जनकपुरको जानकी हेल्थ केयर सेन्टरमा भर्ना गराएका थिए ।

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा घर भएकी श्वेताको माइत भारतमा छ। उनको १८ वर्षकै उमेरमा राजीवसँग २०६९ वैशाख ४ गते विवाह भयो। त्यसको १० वर्षसम्म श्रीमान् र परिवारबाट यातना र हिंसा भोग्नुप¥यो। ‘मैले बिहे भएदेखि नर्क भोगिराखेको छु।

राजीव र श्वेताका ९ वर्षका छोरा र ७ वर्षकी छोरी छन्। नेपालमा भएका नातेदारले नै ‘केटा राम्रो छ’ भनेपछि उनी बिहे गर्न तयार भएकी थिइन्। माइतीले २ लाख ५० हजार भारतीय रुपैयाँ दाइजो दिएका थिए। तर, राजीवको परिवारले तीन तोला सुनको माग राख्यो। त्यत्ति बेला त श्वेताका बुवाले बिस्तारै सुन दिने भनी कुरा टारे। भनेजति सुन नदिनासाथ घरका श्रीमान् र सासु लगायतले उनीमाथि दुरव्यवहार गर्न थालेका थिए ।

अहिले सम्म प्रहरीमा जाहेरी परिसकेको भने छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ