बैशाख ८ काठमाण्डौँ । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालले पाँचौ विकेट पनि गुमाएको छ। नेपालले १४७ रन जोड्दा आरिफ शेखलाई गुमाएको छ । उनी ४३ रनमा २९ रन जोडेर आउट भए । यस अघि नेपालको पारी उकास्न योगदान पुर्याएका सार्की ३३ रन बनाएर आउट भएका छन् ।
५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाएका हुन्।
यसअघि पनि नेपालले कप्तान रोहित कुमार पौडेललाई २३ रनमा गुमाएको थियो। शुरुमै कुसल भूर्तेल र आशिफ शेख शुन्य रनमा आउट हुँदा संकट परेका बेला सार्की र पौडेलले नेपालको पारी उकासेका थिए ।
अहिले दिपेन्द्र सिंह ऐरी र कुसल मल्लले नेपालको पारी सम्हालिरहेका छन् । कुसल मल्लले विष्फोटक ब्याटिङ गर्दै अर्धसतक पूरा गरेका छन् । उनले ३६ बलमा ४ छक्का र ८ चौकाको मद्धतमा ५९ रन जोडेर क्रिजमा छन् ।
यस अघि पहिलो खेलमा नेपालले मलेशियामाथि ६ विकेटको जीत निकालेको थियो ।