बैशाख ८ काठमाण्डौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्ने क्रममा नेपाललाई दोस्रो झड्का लागेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको नेपालले चौथो ओभर सम्म कुनै रन जोड्न सकेको छैन ।
ओपनर कुसल भूर्तेल शुन्य रनमा आउट भएपछि चौथो ओभरमा आशिफ शेख पनि आउट भएपछि नेपाल संकटमा परेको छ ।
आज जित्नै पर्ने खेलमा नेपालले एकातिर रनको खाता खोल्न सकेको छैन भने अर्कोतिर विकेट लगातार गुमाईरहेको छ ।
नेपालले पहिलो खेलमा मलेशियामाथि ६ विकेटको जीत निकालेको थियो । शीर्ष स्थानमा रहन नेपालले ओमनलाई पराजित गर्नै पर्ने हुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline