बैशाख ८ काठमाण्डौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। च्याम्पियनसिपको उपाधि दाबेदार नेपाल, ओमानलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउने योजनामा छ ।
नेपाल आजको खेलमा विजयी भए समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्ने सम्भावना छ। नेपालसँगै ओमानलाई पनि उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ।
यस अघिको खेलमा बेञ्चमा रहेका करण केसी आज निस्कने संभावना छ । उनी गुल्सन झाको स्थानमा ल्याउने प्रशिक्षक मोन्टी देशाईको तयारी छ । मलेसियासँगको पहिलो खेलमा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल र करणलाई बेन्चमा राखेका थिए।
पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो। नेपाल र ओमानबीचको यो खेलले एक दिवसीय मान्यता समेत पाएको छ। यो खेल नेपालको ५०औँ ओडीआई खेलसमेत हो।