अमेरीका र पोर्चुगल पठाउने भन्दै लाखौँ ठगी गर्ने पक्राउ

अमेरीका र पोर्चुगल पठाउने भन्दै लाखौँ ठगी गर्ने पक्राउ

  • बुधबार, बैशाख ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं, वैशाख ६ गते। अमेरिका लगायतका देशमा पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने भक्तपुरका उज्जवल खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

खड्काले सुनिला गुरुङसहित विभिन्न २० जना व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत, जापानका लागि प्रतिव्यक्ति ३० लाख रुपियाँ लाग्ने र पछि प्रतिष्ठित कम्पनीमा मासिक चार लाखभन्दा बढी तलब हुने विश्वास देखाइ प्रलोभनमा पारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बुधबार सार्वजनिक विवरणमा ४४ वर्षीय खड्काले पीडितबाट पटक–पटक गरी तीन करोड ५६ लाख आठ हजार रुपियाँ रकम लिएर सम्पर्कविहीन थिए भने प्रहरीले उनलाई हिजो मंगलबार राति ८ बजे रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चपुरबाट पक्राउ गरिएको छ।

यसैगरी, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ६ स्थायी घर भएका हाल काठमाडौं महानगर १० मा अस्थायी रुपमा रहेका टीकाबहादुर भण्डारी प्रहरीले पक्राउ गरेको छ।

पोर्चुगलमा वैदेशिक रोजगारी मिलाइदिने भनेर मिलन तामाङसहित दश जनालाई पटक–पटक गरी जम्मा १५ लाख रुपियाँ रकम लिएर भण्डारी सम्पर्कबिहीन थिए। विशेष प्रहरी टोलीले भण्डारीलाई मंगलबार काठमाडौं ताहाचलबाट पक्राउ गरेको छ।

यस्तै, अमेरिका लैजाने भन्दै कास्की, दाङ, मोरङ, रुकुम लगायतका विभिन्न दश जनाबाट करिब पाँच करोड, १९ लाख ९७ हजार रुपियाँ ठगी गरेको जाहेरी पत्र प्राप्त भएको प्रहरी कार्यालयले जनाएको छ।

यसरी ठगी गर्नेमा सन्देश शर्मा, सानु भण्डारी, केशव दुलालको संयुक्त मिलेमतो रहेको जाहेरी पत्रमा उल्लेख छ। प्रहरी कार्यालयले पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी