बैशाख ६ काठमाण्डौँ । रवि लामिछानेका निजी गाडी चालक दिल बहादुर थापाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । गत सोमबार भरतपुरमा लामिछानेको घरको तीन तलामाथिबाट खसेका थापालाई मंगलबार एयरलिफ्ट गरी काठमाडौं ल्याइएको थियो। अहिलेको उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
मेडिसिटी अस्पताल स्रोतका अनुसार चिकित्सकहरुको ठूलो टोली उनको उपचारमा खटिएको छ । उनको टाउकोमा गंभीर चोट देखिनुका साथै छातीमा समेत संक्रमण देखिएको छ ।
भेन्टिलेटरमा राखिएको उनको अवस्था चिन्ताजनक रहेको छ । उनलाई आज सेनाको हेलिकप्टर मार्फत काठमाण्डौँ ल्याईएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline