राष्ट्रपतिको दिल्लीको एम्स अस्पतालमा उपचार शुरु

राष्ट्रपतिको दिल्लीको एम्स अस्पतालमा उपचार शुरु

  • बुधबार, बैशाख ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौं बैशाख ६ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ ।

राष्ट्रपतिलाई आज बिहान श्रीएयरको एयर एम्बुलेन्स मार्फत भारत लगिएको थियो । उहाँलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्स मा पुर्‍याइएर उपचार सुरु गरिएको छ । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै पौडेललाई भारत लगिएको हो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा। निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ