कामको खोजीमा आएका दुई महिलालाई यौन धन्दामा लगाउने भुषाल पक्राउ

कामको खोजीमा आएका दुई महिलालाई यौन धन्दामा लगाउने भुषाल पक्राउ

  • बुधबार, बैशाख ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

बैशाख ६ काठमाण्डौँ । दाङ लमही नगरपालिका वडा नं. ५ लमही बजारमा रहेको होटेल वि.एण्ड.वि. का संचालक वर्ष ४४ को नुमाराज भुषालले निजकै होटेलमा कामको खोजीमा आएका ५६ वर्षे दुई महिलालाई प्रलोभनमा पारी र दबाब दिई परपुरुषसँग सहवास गर्न बाध्य पार्ने गरेको पाईएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

लोभन देखाई विगत २०७९ साल मंसीर महिनाको अन्तिम देखी मिति २०७९।१२।२७ गते सम्म पटक-पटक पिडितद्वयलाई ग्राहक आएको वेलामा अन्यायीले फोन सम्पर्क गरी रातिको ९-१० बजेतिर होटलमा बोलाई कोठामा पठाई भुषालले भनेका पर–पुरुषसंग रात बिताउन ९शारिरीक सम्बन्ध राख्न० लगाउने र सो वापत पिडितहरुलाई निश्चित रकम दिएर पठाउने गरेको पाईएको छ ।

पिडितहरुको मञ्जुरी नहुँदा पनि होटेल संचालक नुमाराज भुषालले डर त्रास देखाई जवरजस्ती गलत काम गर्न बाध्य पारेको भनि वडा प्रहरी कार्यालय लमहीमा ती महिलाहरुले उजुरी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ