फोहोर नउठाउने बालेनको निर्णय बिरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै

फोहोर नउठाउने बालेनको निर्णय बिरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै

  • मङ्लबार, बैशाख ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

बैशाख ५ काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ ।

सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार तथा राष्ट्रपति कार्यालय शीतल निवासको फोहर नउठाएको भन्दै प्रमुख साहविरुद्ध सर्वोच्चमा अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गरेका थिए । अधिवक्ता श्रेष्ठले फोहोर नउठाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र महानगरका प्रमुख साहलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र बिसर्जन गर्न रिटमा माग गरिएको छ ।

संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेनले फोहोर संकलन रोकेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ