बैशाख ४ काठमाण्डौँ । काठमाडौंको शान्तिबाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको छ। केही दिनदेखि देशका विभिन्न ठाउँबाट आएर शान्तिबाटिकामा बसिरहेका मिटर ब्याज पीडितहरूले आज सिंहदरबार घेर्ने भनेका थिए ।
त्यही थाहा पाएर बिहानदेखि प्रहरीले शान्तिबाटिका घेरेर ताला लगाईदिएको पीडितहरुको आरोप छ । झडपमा परेका दज्र्रन बढी मिटरव्याज पीडित घाईते भएका छन् । उनीहरूलाई वीर अस्पताल लगिएको छ।
प्रहरीतर्फ पनि केही सामान्य घाईते रहेको प्रहरीले जनाएको छ । सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा आएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline