सडक पेटीमा निर्माण सामाग्री नराख्न काठमाण्डौँ महानगरको आग्रह, सार्वजनिक निकायको काम राति मात्र गर्न सूचना जारी

सडक पेटीमा निर्माण सामाग्री नराख्न काठमाण्डौँ महानगरको आग्रह, सार्वजनिक निकायको काम राति मात्र गर्न सूचना जारी

  • सोमवार, बैशाख ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं बैशाख ४ । काठमाडौं महानगरपालिकाले सोमबार सडक पेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न आग्रह गरेको छ ।

सोमबार महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । महानगरले सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवं मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन आग्रह गरेको गरेको हो ।

महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रा समेत नखस्ने प्रबन्ध मिलाउन भनेको छ । सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्य रुपमा निर्माणाधिन स्थल संकेत गर्न समेत महानगरले अनुरोध गरेको छ ।

निर्माणका क्रममा नागरिकलाई हुने सास्तीलाई कम गर्न सकभर राति ८ बजेपछि मात्रै काम गर्न गराउन सार्वजनिक निकायलाई महानगरले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ