चितवन ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा तीन तला अग्लो घरको छतबाट खसेर गंभीर घाईते भएका छन् । सोमबार विहान ४ बजेतिर चितवन भरतपुर ११ मा रहेको एक घरको तीनतलाबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चितवन २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार लामिछानेका गाडी चालक थापा आइतबार तनहुँबाट चितवन फर्किएका थिए । घाईते चालकको अवस्था गंभीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
यसैबीच थापा खसेको घटना प्रकरणमा सो पार्टीका प्रवक्ता मुकुल ढकालका गाडी चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु सँगै सुतेका थिए ।