एम्बापेको कीर्तिमानी गोलमा पिएसजीको जीत

एम्बापेको कीर्तिमानी गोलमा पिएसजीको जीत

  • आइतवार, बैशाख ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

बैशाख ३ एजेन्सी । किलियन एमबाप्पेको कीर्तिमानी गोलको मद्धतमा पिएसजीले फ्रेन्च लिगमा जीत हात पारेको छ । एम्बापे यो लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

लिग वानमा शनिबार लेन्सलाई ३–१ ले हराउँदा ३१औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले उक्त कीर्तिमा बनाएका हुन् । लिगमा १६९ खेल खेल्दै १३९ गोल गरेका उनले एडिनसकन कभानीको कीर्तिमान तोडे ।

पीएजीका लागि भिटिन्हाले ३७औं र ४०औं मिनेटमा लिओनल मेसीले गोल गरे । त्यसअघि खेलको १९औं मिनेटमा लेन्सका अब्दुल समेत रातो कार्ड पाउँदै बाहिरिएका थिए ।

लेन्सका लागि ६०औं मिनेटमा प्रेमाइस्ल फ्रांनकोस्कीले पेनाल्टीमा सान्त्वना गोल गरे ।

जितपछि पीएसजीले दोस्रो स्थानको लेन्समाथि ९ अंकको अग्रतासमेत बनाएको छ । ३१ खेलबाट पीएसजीले ७२ अंक जोडेको छ भने लेन्सको समान खेलबाट ६३ अंक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ