झापामा सस्तो जग्गा मिलाईदिन्छु भन्दै होटलमा बोलाएर ३२ लाख लिएर फरार चार जना पक्राउ

झापामा सस्तो जग्गा मिलाईदिन्छु भन्दै होटलमा बोलाएर ३२ लाख लिएर फरार चार जना पक्राउ

  • शनिबार, बैशाख २, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

बैशाख २ काठमाण्डौँ । झापामा ‘सस्तोमा जग्गा मिलाइदिन्छु’ भन्दै ३२ लाख बैना रकम लिएर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७९ चैत ३० गते बिहीबार दिउँसो अर्जुनधारा नगरपालिका ११ बसपार्कस्थितमा रहेको दुई कट्ठा जग्गा ‘सस्तोमा बिक्री भइरहेको छ, खरिद गर्न आउनू’ भन्दै बोलाएर रकम लिएपछि उनीहरू फरार भएका थिए।

कमल गाउँपालिका ५ का ५२ वर्षीय बिजय राईसहित चार जनाले मोरङको उर्लाबारी ४ का विष्णुमाया सापकोटालाई अर्जुनधारा ११ मा बोलाएर बैना कागजात समेत नगरी विष्णुमायाको साथमा रहेको ३२ लाख रुपैयाँ लिई फरार भएका थिए।

उनीहरू पैसा लिएर भागेपछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनी झापामा खबर गरेका थिए। त्यसपछि खोजी शुरु गरेको प्रहरीले उनीहरुलाई पक्रन सफल भएको हो ।

शुक्रबार इलामको पुरानो बसपार्कस्थित देउराली होटलबाट पक्राउ गरेको झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

रामेछापको देउराली गाउँपालिका २ घर भई भक्तपुर बस्ने ३९ वर्षीय राजेश श्रेष्ठ र पाँचथरको मिक्लाजुङ घर भई काठमाडौं बस्ने ५२ वर्षीय जनक रेग्मीलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले १४ लाख ६५ हजार रुपैयाँ पनि बरामद गरेको छ।

सोही घटनामा मोरङको बेलबारीका ६ घर भई झापा बस्ने ५५ वर्षीय रणबहादुर पोख्रेल र झापाको कमल गाउँपालिका ५ का ५२ वर्षीय विजय राईलाई अर्जुनधाराको थापा होटल एण्ड लजमा लुकेर बसेको अबस्थामा प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ।

उनीहरुको साथबाट प्रहरीले १३ लाख रुपैयाँ बरामद गरेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी