कारागार व्यवस्थापन विभागमा उपप्रधानमन्त्रीको निर्देशन- अनावश्यक दबाब म झेल्छु, तपाईंहरू काम गर्नूस्

कारागार व्यवस्थापन विभागमा उपप्रधानमन्त्रीको निर्देशन- अनावश्यक दबाब म झेल्छु, तपाईंहरू काम गर्नूस्

  • बिहिबार, चैत्र ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बिहीबार कारागार व्यवस्थापन विभाग अवलोकनपछि विभागका अधिकारीहरूको ब्रिफिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

कारागारलाई सुधारगृहका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई हामीले स्थापित गर्नुछ । त्यो अनुकुल वातावरण बनाउनुछ,उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, त्यसमा हामीले गृहकार्य गर्नुपर्ने आवश्यकता छ ।
बजेटलगायतका कारण उक्त कार्यका लागि सरकारका पनि केही सीमाहरू भएको बताउनुभयो । तर, साच्चिकै सुधारगृह बनाउने काममा योजना बनाएर लाग्नुपर्ने र त्यसमा आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
एकातर्फ सीमित स्रोतसाधनका बाबजुत धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी रहेको र अर्कातर्फ त्यहाँ भित्रैका नाइकेहरूको अनावश्यक दबाबको कुरा पनि आफूले सुनेको श्रेष्ठले बताउनुभयो ।

उहाँले नीति र विधि छाडेर अनावश्यक दबाबमा आफूले काम नगर्ने श्रेष्ठको भनाइ थियो । अनावश्यक दबाब हामी झेल्छौँ । मैले झेल्छु,ु श्रेष्ठले भन्नुभयो । आफूले दबाब झेल्ने बताउनुहुँदै श्रेष्ठले विभागका अधिकारीहरूलाई तत्काल सुधारको दिशामा लाग्न निर्देशन दिनुभयो ।
तत्काल के के गर्नुपर्छ भन्ने लिस्ट बनाउनुस् । त्यो लिस्ट आओस् हामी त्यसलाई कार्यान्वयनमा लान्छौँ,उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

उहाँले यथास्थितिमा जस्तो चलिरहेको छ त्यस्तै चलिरहोस् भनेर अब नहुने श्रेष्ठले बताउनुभयो । अब विकृति र खराब कार्यहरूमा व्यापक परिवर्तन आवश्यक रहेको उहाँको भनाइ छ ।
ब्रिफिङका क्रममा विभागका अधिकारीहरूले सीमित स्रोतसाधनका बाबजुत धेरैको व्यवस्थापन गर्नुपरेको । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपरेको गुनासो गरेका थिए । त्यस्तै भौतिक पूर्वाधार तथा बजेट लगायका कारण पनि आफूहरूलाई व्यवस्थापनमा समस्या भइरहेको उहाँहरूले बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ