अवैध युरो र अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट ३ विदेशी सहित १२ पक्राउ

अवैध युरो र अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट ३ विदेशी सहित १२ पक्राउ

  • बुधबार, चैत्र २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडाैं,२९ चैत | अवैध अमेरिकी डलर र युरोसहित काठमाडौँबाट दुबई जान लागेका ३ विदेशी सहित १२ यात्रुहरू पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा चेकजाँच गर्ने क्रममा विभिन्न एअरलाइन्सबाट जान लागेका उनीहरूलाई प्रहरीले चैत २७ र २८ गते नियन्त्रणमा लिएको जनाएको छ।
४५ हजार ५ सय ३३ अमेरिकी डलर र ९१५ अवैध युरोसहित उनीहरू पक्राउ परेका हुन्।

उक्त मुद्राको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ।

लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको आशंकामा प्रहरीले उनीहरूमाथि निगरानी बढाइ चेकजाँच गरेको थियो।

पक्राउ परेका उनीहरूलाई आज राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक पठाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ