बैतडीमा जिप दुर्घटना हुँदा एकै गाँउका ६ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा एकै गाँउका ६ जनाको मृत्यु

  • बुधबार, चैत्र २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

धनगढी चैत्र २९ । बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा गएराति जिप दुर्घटना हुँदा एकै गाँउका ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझ गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बाँझ गाउँका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मंगलबार राति ११ बजेतिर भएको उक्त दुर्घटनामा परी मृत्यु हनेहरू सबै एकै गाउँका रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीले बताए । डीएसपी शाहीका अनुसार मृतकहरू भारतको पिथौरागढबाट मजदुरी गरी विसु पर्व मनाउन घर फर्किंदै थिए ।

खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको भण्डारी ट्रावल्सको जीप दुर्घटना भएको हो । उक्त जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । जिपमा यात्रारत अन्य ५ जना सकुसल रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ