बिराटनगरमा बैशाख १ गतेदेखि सार्वजनिक स्थलमा खैनी चुरोट सेवन गर्न नपाईने

बिराटनगरमा बैशाख १ गतेदेखि सार्वजनिक स्थलमा खैनी चुरोट सेवन गर्न नपाईने

  • मङ्लबार, चैत्र २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौं चैत्र २८ । विराटनगर महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायत सेवन गर्न निषेध गर्ने भएको छ ।

गत पुस २७ गते बसेको नगरसभा बैठकको निर्णय अनुसार महानगर क्षेत्रभित्र धुम्रपानदेखि प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो ।

केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउन्ड सिस्टम प्रतिनिधि लगायतसँगको समन्वयमा ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो ।

नियम पालना नगर्नेलाई हदैसम्मको कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ