आफैले संरक्षण गरेको बालिका बलात्कार गर्ने व्यापारी चटौतलाई १८ वर्ष बढी जेल सजाय तोकियो

आफैले संरक्षण गरेको बालिका बलात्कार गर्ने व्यापारी चटौतलाई १८ वर्ष बढी जेल सजाय तोकियो

  • सोमवार, चैत्र २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौँ चैत्र २७ । घरमा काम गर्नेगरी आफ्नै संरक्षणमा राखिएकी १४ वर्षीया नाबालिगलाई बारम्बार बलात्कार गरेको अभियोग लागेका व्यापारी सुशील चटौतलाई १८ बर्ष बढी जेल सजाय तोकिएको छ ।

ललितपुर जिल्ला अदालतकी न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासबाट चटौतलाई १८ वर्ष एक महिना जेल सजायका अतिरिक्त चटौतबाट पीडितलाई ८ लाख रूपैयाँ क्षतिपूर्ति भराउने र दुई हजार ८ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्न लगाउने फैसला भएको छ ।

मुलुकी अपराध संहितामा १० वर्षभन्दा माथि तर १४ वर्ष भन्दा कम उमेरकी नाबालिगमाथि बालत्कार गर्नेलाई १९ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै सोही संहितामा कसैले आफ्नो संरक्षणमा रहेको व्यक्तिसँग करणी गरेमा तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । जिल्ला सरकारी वकिल कार्यालयले नाबालिग बलात्कारमा अधिकतम २० वर्ष कैद र आफ्नै संरक्षणमा रहेकी नाबालिगसँगको करणीबापत थप तीन वर्षसम्म कैद सजाय हुनुपर्ने माग राखेर गत वैशाख ११ मा मुद्दा दर्ता गराएको थियो ।

बझाङको ग्रामीण इलाकामा विपन्न परिवारमा जन्मिएकी पीडित नाबालिग चटौतको घरमा बस्दै आएका थिए । कक्षामा दोस्रो भएर कक्षा चार उत्तीर्ण गरेकी आफ्नी छोरीलाई मालीको रूपमा कार्यरत बाबुले आफ्नो कम्पनीका प्रमुखसँग याचना गरेर घरेलु कामदारका रूपमा राखेर लालनपालन र पढाइमा सहयोग गर्न भनेका थिए । त्यसपछि सुशीलका बाबुले ती बालिकालाई १० वर्षकै उमेरमा घरेलु कामदारका रूपमा काठमाडौं इमाडोलस्थित आफ्नो घर ल्याएका थिए ।

ललितपुर इमाडोलस्थित ग्रिनहिल सिटीमा बस्ने चटौत परिवारको घरेलु काममा सघाउँदै पीडित बालिका स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्दै थिइन् । पहिलेदेखि नै बलात्कारमा पर्दै आएकी उनी पछिल्लो पटक २०७८ माघ २४ मा पनि बलात्कारमा परेपछि उनले सार्वजनिक गरेपछि उजुरी परेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ