रास्वपा सांसदले दुई करोड रुपैया मन्त्री हुनका लागि चाहियो भन्दै मागेको विषयमा अनुसन्धान गर्ने गृहमन्त्रीको प्रतिवद्धता

रास्वपा सांसदले दुई करोड रुपैया मन्त्री हुनका लागि चाहियो भन्दै मागेको विषयमा अनुसन्धान गर्ने गृहमन्त्रीको प्रतिवद्धता

  • सोमवार, चैत्र २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

चैत्र २७ काठमाण्डौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणबारे अनुसन्धान गर्ने बताएका छन् ।

आज बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले अडिओ प्रकरणबारे अनुसन्धान गरिने जे पुष्टि हुन्छ, त्यस अनुसार कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन्।

अनुसन्धानबाट जे प्रमाणित हुन्छ त्यसै बमोजिम कार्बाही हुन सक्ने उपप्रधानमन्त्री श्रेष्ठले संकेत गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले अडिओको वास्तविकताबारे सम्बन्धित पार्टी र तिनका नेताले नै प्रस्ट पार्नुपर्ने बताए ।

रास्वपाका समानुपातिक सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग आफू मन्त्री बन्नका लागि २ करोड रुपैयाँ आवश्यक परेकाले त्यसको व्यवस्था गरिदिन अनुरोध गरेको अडिओ कुराकानी आइतबार सार्वजनिक भएको थियो।

त्यसपछि पार्टीले कार्बाही गर्ने चेतावनी दिएको छ भने सर्वत्र भईरहेको छ । उक्त अडिओमा उनले पार्टी सभापति रवि लामिछानेको ‘टिम’ले मन्त्री बन्ने भए आफूलाई २ देखि अढाई करोड बुझाउन भनेको दाबी गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ