काठमाडौँ चैत्र २७ । दोस्रो एसपीसीए टेबलटेनिस च्याम्पियनसिपमा भाग ९ खेलाडीसहित नेपाली टोली सोमबार दक्षिण कोरियाको सोल जाने भएको छ । जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता छन् ।
भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल छन् । प्रशिक्षकमा ज्याकी महर्जन छन् ।
प्रतियोगिता अप्रिल १० देखि १८ सम्म हुनेछ । टेबलटेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा टोली दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए । प्रतियोगितापछि जुनियर खेलाडी दक्षिण कोरियामै तीनमहिने प्रशिक्षण सहभागी हुनेछन् ।
टोलीलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बिदाइ गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline