२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।
श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको टिमलाई दिनुपर्ने भन्दै व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।
सामान्यतयाः अख्तियारले गैरकानूनी लेनदेन, घुस लगायतका उजुरीमा प्रहरी महाशाखा अन्तर्गत जिम्मेवारी तोक्छ । सांसदहरु सार्वजनिक पदमा बसेका व्यक्ति हुन् । सार्वजनिक पदमा बसेकाहरुले पैसा मागेमा त्यसलाई घुसका रुपमा लिइन्छ र यसमा भ्रष्टाचारको आरोप आकर्षित हुने आयोगको तर्क छ ।
रास्वपा सांसद २ करोडको विवादमा परेपछि अहिले तीव्र आलोचना भईरहेको छ ।
श्रेष्ठलाई रास्वपाले पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline