चैत्र २५ काठमाण्डौँ । नेपाल लगातार दुई खेलमा हार व्यहोरेपछि पेरिस ओलम्पिक छनौटको पहिलो चरणबाटै बाहिरिएको छ । बलियो टोली भियतनाम बिरुद्ध सघंर्षपूर्ण खेलमा नेपाल दुई शुन्यले पराजित भयो ।
पहिलो खेलमा ५–१ को हार भोगेको नेपालले दोस्रो खेलमा २–० ले पराजित भयो। खेलको सुरुवातमा नै २–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको छैटौं मिनेटमा भियतनामकी पाम हाइ ऐनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन्। त्यसको एक मिनेटमा नै ऐनले नै व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्।
नेपालले खेलको दोस्रो हाफमा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको स्थानमा अञ्जना रानामगरलाई मौका दिएको थियो। खेलको ३९ औं मिनेटमा सावित्रा भण्डारीको प्रहार भियतनामकी गोलरक्षकले बचाउँदा नेपालले गोल गर्ने सुन्दर मौका गुमायो।
६६ औं मिनेटमा दिपा शाहीको प्रहार फस्ट बारमा लाग्दै बाहिरिदा नेपालले गोल गर्ने सुन्दर मौका खेर फाल्यो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले लगातार हार व्यहोदै समुह चरणबाटै बाहिरिएको हो।
ओलम्पिक छनोटमा नेपाल समुह सी मा रहेको थियो। नेपाल रहेको समुहमा प्यालेन्स्टाइन र अफगानिस्तान रहेपनि दुई टोलीले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र खेलेका हुन्।
यसअघि सन् २०१८ मा भएको टोकीयो ओलम्पिक छनोटमा नेपाल दोस्रो चरणसम्म प्रवेश गरेको थियो।