भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गरेकाहरुको निस्सा वितरण

भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गरेकाहरुको निस्सा वितरण

  • शुक्रबार, चैत्र २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

वीरगंज २४ चैत । पर्सागढी नगरपालिका वडा नं २ को आयोजनामा भुमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गरेकाहरुको निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष बिरेन्द्र प्रसाद महतो थारुको अध्यक्षतामा भएको निस्सा बितरण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय भुमिहिन पर्साका अध्यक्ष ताबरेज अहमद संयोगबस आजैको दिन म पर्सा जिल्लाको राष्ट्रिय भुमिहिनको अध्यक्ष भएको चचौ गर्दै पर्सागढीको पावन भुमिबाट निस्सा बितरण कार्यक्रम भइरहेकोमा खुसी व्यक्त गरे । यस वडामा ७६ जना भुमिहिन सुकुम्बासी, ४१ जना र अब्यवस्थित बसोबास १८३ जना रहेका छन् ।

कार्यक्रममा बिशिष्ट अतिथि पर्सागढी नगरपालिकाकी उप प्रमुख पुजा चौधरी, जिल्ला भुमिहिन सदस्य शुरेन्द्र सिंह, हेमा कुमारी भट्टराई लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा पर्सागढी नगरपालिका भुमिहिन सुकुम्बासी इकाई प्रमुख मनोज राउत चौधरीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । अनपुर्ण दुध उधोग बढनिहारका अध्यक्ष जगरनाथ तिवारीले स्वागत मन्तव्य गरेको कार्यक्रमको सहजीकरण पर्सागढी नगरपालिकाका कर्मचारी शम्भु पंडितले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ