चैत्र २४ काठमाण्डौँ । पटक पटक बस्ती खाली गर्ने सूचना जारी गरेर आज सुरक्षाकर्मी सहित डोजर लिएर बागमती किनार गैरीगाँउ पुगेको महानगरको डोजर फिर्ता भएको छ ।
सुकुम्वासीहरुले टायर बालेर सडक अवरोध गर्दै प्रदर्शन गरेपछि महानगर पछि हटेको हो । यस अघि थापाथलीबाट पनि महानगरको डोजर फिर्ता भएको थियो ।
प्रदर्शनकारीले बालेन हाम्रो भोट फिर्ता दे, सुकुम्वासी मार्न पाईदैन जस्ता नारा लगाएका थिए ।
सुकुम्वासीहरु आज पनि घरेलु हातहतियार सहित प्रदर्शनमा उत्रिएपछि तनाव बढेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline