एसईईमा अर्काको नाममा परीक्षा दिने १९९ जना मोरङबाट पक्राउ

एसईईमा अर्काको नाममा परीक्षा दिने १९९ जना मोरङबाट पक्राउ

  • बिहिबार, चैत्र २३, २०७९
  • इन्दिरा भट्टराई

  • 3.9K
    SHARES

चैत २३, विराटनगर । मोरङमा नक्कली परीक्षार्थी बनेर परीक्षा लेखिरहेका १९९ जना पक्राउ परेका छन् । परीक्षा केन्द्रमा संस्थागत मिलेमतो गरेर नक्कली परीक्षार्थी खडा गरेको सुचना पाएपछि प्रहरीले बिहीबार जिल्लाका तीन विद्यालयबाट १९९ जनालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार सार्वजानिक मा.वि. केराबारीबाट १२७ जना, सरस्वती मा.वि. ग्रामथान र जनता मा.वि. हरैंचाबाट २७ जना परीक्षार्थी पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बेलबारी लगिएको छ ।

उनीहरुको विषयमा थप अनुसन्धान हुनेछ । प्रहरीले बुधबार थप एकजना परीक्षार्थीलाई पक्राउ गरेको थियो ।
परीक्षा फारम भर्दा नै परीक्षार्थी खडा गरेर भरेको पाइएको छ । नक्कली परीक्षार्थीको फोटो टाँस गरेको प्रवेश पत्रमा उनीहरुको थप व्यक्तिगत विवरण मेल नखाएपछि प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको बताईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ