रवि लामिछानेको राहदानी दुरुपयोगको मुद्धा न्यायधीश हरि फुयालको एकल ईजलाशमा

रवि लामिछानेको राहदानी दुरुपयोगको मुद्धा न्यायधीश हरि फुयालको एकल ईजलाशमा

  • बुधबार, चैत्र २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

चैत्र २२ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता मुद्दा हरिप्रसाद फुँयाल एकल इजलासमा पेसी तोकिएको छ।

आठौँ नम्बरमा पेसी रहेको यो मुद्दा आज सुनुवाई शुरु गर्ने संभावना देखिएको छ । हिजो न्यायधीश अनिल सिंहाको ईजलाशमा परेको र उनले यस अघि लामिछानेकै नागरिकताको मुद्धा संवैधानिक ईजलाशमा बसेर हेरेकाले हेर्न नमिल्ने भएकाले आजका लागि नयाँ पेशी तोकिएको थियो । न्यायाधीश फुँयाल यसअघि नागरिकता मुद्दाको सुनुवाइमा संलग्न थिएनन्।

सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको हो। मुद्दा नचलाउने निर्णय विरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट हालेका हुन् । अहिले लामिछाने चितवन २ फेरी उम्मेद्धार बनेकाले सर्वोच्चलाई यस मुद्धामा छिटो आदेश दिनु पर्ने दबाब देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ