ओलम्पिक छनौटका लागि नेपालले आज भियतनामसँग खेल्दै

ओलम्पिक छनौटका लागि नेपालले आज भियतनामसँग खेल्दै

  • बुधबार, चैत्र २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं चैत्र २२ । पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले बुधबार भियतनामसँग खेल्दैछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

फिफा वरियतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदानमा उत्रनेछ ।

भियतनामले २०२३ को महिला विश्वकप खेल्दैछ । फिफा वरियतामा भियतनाम ३३ औं स्थानमा रहेको छ भने नेपाल १०० औं स्थानमा रहेको छ ।

ओलम्पिकको पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् ।

प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपालले दोस्रो खेलमा भियतनामसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छ । नेपाल भन्दा भियतनाम बरियतामा ६७ स्थान माथि रहेकाले उ केही बलियो टोली मानिएको छ । तर घरेलु मैदानमा नेपालले कडा प्रतिस्पर्धाका साथ खेल्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ