चैत्र २२ काठमाण्डौँ । सिक्किममा हिमपहिरो जाँदा तीन नेपाली सहित ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने , आशिका ढकाल छन्। यस्तै रूपन्देहीकी मुना शाह श्रेष्ठको हिमपहिरोमा परी मृत्यु भएको छ। उनीहरु सिक्किम घुम्न गएका बेला पहिरोमा पुरिएका हुन् ।
यसैगरी मृत्यु हुनेमा अन्य चार भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम माटे रहेका छन्।
मंगलबार स्थानीय समयअनुसार दिउँसो १२स्१५ बजे गान्तोक(नाथुला पास जोड्ने नवाहरलाल नेहरू सडकमा गएको पहिरोमा १३ जना घाइते भएका छन्। २० देखि ३० जना पर्यटक हिउँमुनि फसेको अनुमान गरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline