कास्की । पोखरामा एकजना व्यक्तिले घरभित्रै पेट्रोल छर्केर आत्मदाह गरेका छन् ।
स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ घर भइ पोखरा महानगरपालिका(१७ निसावी नन्दप्रसाद अर्यालले मंगलबार दिउँसो पेट्रोल छर्किएर आत्मदाह गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार तीनतले घरको दोस्रो तलास्थित आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन् ।
पेट्रोल छर्किएर आगो लगाएपछि अर्यालले त्यहीँ ज्यान गुमाएको प्रहरीले जनाएको छ । अचानक अर्यालको घरभित्र आगो देखिएपछि छिमेकीले प्रहरीलाई जानकारी दिएका थिए ।
उनकी श्रीमती र सात वर्षकी एक छोरी छन्।
पछिल्लो समय नेपालमा आत्मदाह गर्ने प्रवृति बढेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline